असारे पन्ध्रको रौनक: ‘कतै फुटबल, कतै डोरी तान्ने कम्पिटिसन’ (फोटो फिचर)
कास्की | असार १५, २०७९
पोखरा: पोखरा महानगरपालिका २५ हेमजा माइस्थानस्थित झण्डै १० रोपनी फाँटको असारे हिलोमा बुधबार विद्यार्थी देखि विदेशी पाहुना रमाए ।
रोपाइ जात्रामा विभिन्न माहौल देखियो । हल गोरु दौडाउने प्रतियोगिता, साउने असारे गीत गाउँदै धान रोप्ने प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, पर्यटक दौड, डोरी तान्ने प्रतियोगिता र हिलो दौड प्रतियोगिताकै कारण पोखराको असारे पन्ध्र विशेष बन्यो ।
यस्तो माहौल पोखरामा विगत १७ वर्षदेखि पोखरा पर्यटन परिषद्ले जुराउदै आएको छ । तर गत २ वर्ष भने कोरोना भाइरसको कारण रोपाई जात्राको माहौल जुरेन । यसपटक आन्तरिक र वाह्य पर्यटकले खुलेरै रोपाई महोत्सवकाे मजा लिए ।
‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ १७ औं असारे रोपाई महोत्सवमा स्थानीय तथा वाह्य पर्यटक गरेर झण्डै १० हजार बढीको सहभागिता रहेको थियो । १७ तस्बिरमा हेरौं असारे पन्ध्रको रौनक:-
तस्बिर: गिता रानामगर
















पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

