असारे पन्ध्रको रौनक: ‘कतै फुटबल, कतै डोरी तान्ने कम्पिटिसन’ (फोटो फिचर)
कास्की | असार १५, २०७९
पोखरा: पोखरा महानगरपालिका २५ हेमजा माइस्थानस्थित झण्डै १० रोपनी फाँटको असारे हिलोमा बुधबार विद्यार्थी देखि विदेशी पाहुना रमाए ।
रोपाइ जात्रामा विभिन्न माहौल देखियो । हल गोरु दौडाउने प्रतियोगिता, साउने असारे गीत गाउँदै धान रोप्ने प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, पर्यटक दौड, डोरी तान्ने प्रतियोगिता र हिलो दौड प्रतियोगिताकै कारण पोखराको असारे पन्ध्र विशेष बन्यो ।
यस्तो माहौल पोखरामा विगत १७ वर्षदेखि पोखरा पर्यटन परिषद्ले जुराउदै आएको छ । तर गत २ वर्ष भने कोरोना भाइरसको कारण रोपाई जात्राको माहौल जुरेन । यसपटक आन्तरिक र वाह्य पर्यटकले खुलेरै रोपाई महोत्सवकाे मजा लिए ।
‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ १७ औं असारे रोपाई महोत्सवमा स्थानीय तथा वाह्य पर्यटक गरेर झण्डै १० हजार बढीको सहभागिता रहेको थियो । १७ तस्बिरमा हेरौं असारे पन्ध्रको रौनक:-
तस्बिर: गिता रानामगर
















पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

